हेटौंडा । प्रहरीले अवैध भन्सार छलिका लत्ताकपडा तथा विभिन्न किसिमका १३ लाख बराबरको सामानसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उक्त बसको चालक देश भारत पश्चिम बंगाल जिल्ला मदेनिपुर ग्राम तमलुक बस्ने बर्ष ३१ को सदाम खान, सोही बसको अर्का चालक पश्चिम बंगाल वंकुरा ग्राम रतनपुर बस्ने बर्ष ३८ को काली मुडी र सहचालक पश्चिम बंगाल मदेनिपुर ग्राम बस्ने बर्ष ३० को जयदेव हेमराम रहेका छन् ।
प्रहरीका अनुसार आइतबार १९:३० बजेको समयमा विशेष सुचनाको आधारमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौंडा-१५ रातोमाटे चेकपोष्ट स्थित सडकमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको WB49N2178 नम्बरको भारतिय यात्रु बाहक बसलाई रोकी चेकजाँच गरेकाे थियो।
शंका लागि खानतलासि गर्नेक्रममा निजहरुको शरीर तथा उक्त बस समेतको खानतलासी गर्दा सो बसको विभिन्न भित्री भागमा फल्स बटम बनाई अवैध भन्सार छली चोरी पैठारी गरी ल्याईएका लत्ता कपडा १०६० थान (कुर्ती), तुलसी १५० ग्रामको २७० थान, Mouj masti drod लेखेको ९६० थान, तामाको सानो कचौरा १४ थान, सुन सफा गर्ने ब्रस ३६ थान, प्लेट १२ थान, Noman लेखेको ग्यास लाईटर ५ थान, Hit लेखेको ग्यास लाईटर २ थान, तार ३१ थान, तामा जस्तो देखिने रड २ थान, Noman लेखेको किड १० थान, अरमान लेखेको किड २ थान, Noman लेखेको ठुलो प्याकेट १० थान र पम्प ५ थान गरी अन्दाजी १३ लाख बराबरको सामान बरामद गरी उक्त बरामद समानहरु बरामद भएको थियो।
WB49N2178 नम्बरको भारतीय यात्रु बाहक बस र सो बसका चालक तथा सहचालकहरु नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाएको प्रहरीले जानकारी दिएको छ।






