
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दैनिक रूपमा दुर्ईवटा अनुगमन टोली परिचालन गरी काठमाडौं उपत्यकाभित्र खाद्यवस्तुको बजार अनुगमनलाई तीव्रता दिएको छ । बेकरी सर्टनिङलाई शुद्ध घ्यू भनी प्याकिङ गरी बिक्री गरिरहेको गुनासोसँगै विभागले ललितपुरको गोदावरी नगरपालिका ११, नबुचास्थित प्रशंसा कलेक्सन एण्ड रिफाइन नामक खाद्य उद्योग अनुगमन गरेको छ ।
उक्त उद्योगले वनस्पति घ्यूलाई खिया लागेको ड्रममा तताएर राधेकृष्ण ब्राण्डमा जुजु घ्यू र अर्चना ब्राण्डमा शुद्ध घ्यूको नाममा डब्बामा प्याकिङ गरेको फेला परेको छ । एक लिटर, आधा लिटर र १५० ग्रामको डब्बामा प्याक गरेर नक्कली घ्यू बिक्रीवितरण गर्ने गरेको पाइएको, उत्पादनस्थल फोहोर रहेको तथा घ्यू, वनस्पति घ्यू प्रशोधन/उत्पादन/प्याकिङका लागि विभागबाट अनुमतिपत्रसमेत लिएको नदेखिएपछि विभागले उद्योग शिलबन्दी गरेको छ । आधा लिटरको जुजु घ्यू लेखिएको वनस्पति घ्यू ७२ डब्बा, १५० ग्रामको शुद्ध घ्यू लेखिएको वनस्पति घ्यू एक सय डब्बा र उक्त नक्कली घ्यू तयार गर्न राखिएको ८० लिटर वनस्पति घ्यू स्थानीय जनप्रतिनिधिको रोहवरमा प्रशोधन कक्षमा राखी शिलबन्दी गरी उत्पादन रोक्का गरिएको विभागले जनाएको छ ।
त्यसैगरी विभागको अनुगमन टोलीले सम्येक बेकरी सटिङ घ्यू प्याकेजिङ उद्योग वडा नम्बर २७ ललितपुर, विन्दवासिनी आयल इण्डस्ट्रिज प्रालि, सुनाकोठी-१, नन्दबाबा डेरी उद्योग, महालक्ष्मी नगरपालिका १ र राज फुड प्रोडक्ट्स ललितपुर-२५ स्थित खाद्य उद्योगहरू अनुगमन गरी खाद्य स्वच्छता कायम गर्न आवश्यक निर्देशन दिनुका साथै गुणस्तर परीक्षणका लागि नमुना संकलन कार्यसमेत गरेको विभागद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच