काठमाडाैं । मध्य गाजापट्टीमा विस्थापित मानिसहरूलाई आश्रय दिने संयुक्त राष्ट्रद्वारा सञ्चालित विद्यालयमा इजरायली हवाई आक्रमणमा १४ प्यालेस्टाइनीको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् ।
प्यालेस्टिनी सुरक्षा स्रोतहरूले इजरायली लडाकु विमानले अल-नुसेरात शरणार्थी शिविरमा आश्रयस्थलमा एउटा मिसाइल प्रहार गरेको थियो ।
यसैबीच, इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले इजरायली वायुसेनाले अल-नुसेरात क्षेत्रमा हमासको कमाण्ड र नियन्त्रण केन्द्र भित्र सञ्चालित लडाकुहरूमाथि हमला गरेको बताएको छ ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच