काठमाडौं । नेकपा एकीकृत समाजवादीले उपसभामुख इन्दिरा रानामगरको पक्षमा उभिने निर्णय गरेको छ ।
पार्टीको कार्यालय आलोनगरमा बसेको स्थायी कमिटीको बठकले यस्तो निर्णय गरेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिनुभयो ।
उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन केही युवाहरुलाई भिसा सहजीकरण गरिदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेपछि उहाँ विवादमा हुनुहुन्छ । सत्तारुढ दलले उहाँलाई मार्ग प्रशस्त गर्न भनिरहेको छ ।
राजीनामा दिएर मार्ग प्रशस्त नगरे महाअभियोग लगाउने सत्तारुढ दलको तयारी छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले पनि उपसभामुख रानाको पक्षमा उभिने बताउँदै आएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts