काठमाडौं । नेपाली कांग्रेसले आगामी असोज ३ गतेसम्म काठमाडौं नछाड्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।
आज कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई पार्टीको निर्देशन पठाउनु भएको हो ।
साथै कांग्रेसले जिल्लामा रहेका सांसदलाई समेत तत्काल काठमाडौं फर्कन निर्देशन दिएको छ ।
सत्तारुढ दलहरुले प्रतिनिधि सभाको उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउने तयारी गरिरहेका छन् ।
उपसभामुख रानालाई महाअभियोग लगाउने विषय अहिले सत्तारुढ दल कांग्रेस-एमालेमा छलफल भइरहेको छ ।
आज विहान पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले उपसभामुख रानाले पदको गरिमा जोगाउन नसकेको निश्कर्ष निकालेको थियो ।
उपसभामुखले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने कांग्रेसको अडान छ । उपसभामुख रानाले राजीनामा दिएर मार्ग प्रशस्त नगरे महाअभियोग लगाएर भएपनि हटाउने तयारीमा सत्तारुढ दलहरु रहेका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts