काठमाडौं । संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दैछ । जसअनुसार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा शहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूचि रहेको छ ।
अर्थ समितिका सभापति सन्तोष चालिसेले बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नुहुने, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रशारण विधेयक, २०७८ माथी छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने, सार्वजनिक सेवा प्रशारण विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।
त्यस्तै सवा १ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७९/८० सभा समक्ष पेस गर्नुहुने, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापति मायाप्रसाद शर्माले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पाँचौ वार्षिक प्रतिवेदन २०८०/८१ सभा समक्ष पेस गर्नुहुने कार्यसूचि रहेको छ ।
सभापति पदको निर्वाचनको मिति तोकिने राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाका विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोक्नुहुने कार्यसूचि रहेको छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts