काठमाडौं । अन्तर्राष्ट्रिय लगेज तथा ब्याकप्याक ब्राण्ड सफारी ब्याग्सको डिलर स्किममा सर्वाधिक बिक्री गर्न सफल भई पुतलीसडकस्थित शुभयात्रा कलेक्सन सर्वोत्कृष्ट डिलर हुन सफल भएको छ । उक्त स्किममा सर्वोत्कृष्ट डिलर हुन सफल शुभयात्रा कलेक्सनका चेयरम्यान दर्शन खनाललाई जगदम्बा मोबाइल्सका एक्जिक्युटिभ डाइरेक्टर सक्षम जाटियाले टिभिएस रोनिन मोटरबाइक र टिभिएस एन्टर्क स्कुटर प्रदान गर्नुभयो ।
विजेता शुभयात्रा कलेक्सनका चेयरम्यान दर्शन खनालले भन्नुभयो, ‘कडा परिश्रमको प्रतिफल पाउँदा अवश्य पनि खुसी छु । यसरी राम्रो काम गर्ने आफ्नो डिलरलाई पुरस्कार प्रदान गरेर सम्मान गरेकोमा सफारी ब्याग्सलाई धन्यवाद दिन चाहन्छु । मलाई आशा छ, यसले आगामी वर्ष अन्य डिलरलाई मभन्दा राम्रो बिक्री गर्न हौसला प्रदान गरेको छ ।’
त्यसैगरी सफारी ब्याग्सका बिजनेस हेड सन्तोष श्रेष्ठले भन्नुभयो, ‘शुभयात्रा कलेक्सनको सफलता हामी सबैका लागि गौरवको विषय हो । सफारी ब्याग्सले बजार र ग्राहकको मागअनुसार उच्च गुणस्तरको लगेज र ब्याक प्याकहरू अन्तर्राष्ट्रिय वारेन्टीसाथ आकर्षक मूल्यमा उपलब्ध गराउँदै आएको छ । हाम्रो लगेज र ब्याक प्याक उच्च गुणस्तरीयका साथै आफ्टर सेल्स सर्भिस पनि राम्रो भएकाले हामीलाई ग्राहकले सर्वाधिक रुचाउनुभएको छ ।’ नेपालको लागि सफारी ब्याग्सको एकमात्र डिस्ट्रिब्युटर जगदम्बा मोबाइल प्रालि हो ।






