काठमाडौं । एमाले निकट निर्माण व्यवसायी परिषद्को अध्यक्षमा दाङका बलिभद्र राना निर्वाचित हुनुभएको छ । नेपाल निर्माण उद्योग परिषद्को पाँचौँ साधारणसभा एवं तेस्रो अधिवेशनबाट रानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
सर्वसम्मत चयन भएको ८२ सदस्यीय कार्यसमितिको उपाध्यक्ष खुलातर्फ सुरेन्द्र पाठक, कोशी प्रदेश उपाध्यक्ष कमल गौतम, मधेश प्रदेश उपाध्यक्ष रामसुरत देव, बागमती प्रदेश उपाध्यक्ष नारायण बडाल, गण्डकी प्रदेश उपाध्यक्ष नारायण जिसी, लुम्बिनी प्रदेश उपाध्यक्ष प्रकाश शाह, कर्णाली प्रदेश उपाध्यक्ष लक्ष्मणप्रकाश पोखरेल, सुदूरपश्चिम प्रदेश उपाध्यक्ष कृष्णबहादुर साउद, महिला उपाध्यक्ष मञ्जु भुसाल, उपाध्यक्ष (उपत्यका) कृष्णप्रसाद गौतम, महासचिव रामशरण देउजा, उपमहासचिव पुष्कल न्यौपाने, बलराम श्रेष्ठ रहेका छन् भने सचिवमा मनोज तामाङ, दिनेश पौडेल र कोषाध्यक्षमा उज्ज्वल गौतम रहेका छन् ।
अधिवेशन उद्घाटन सत्र पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा र बन्दसत्र महासचिव शंकर पोखरेलको उपस्थितिमा भएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता