काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले एकैपटक ठूलो संख्यामा प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ ।
सोमबार प्रहरी प्रधानकार्यलयको मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले एक सूचनामार्फत ५८७ जना प्रहरी निरीक्षकहरुको सरुवा गरिएको जनाएको छ ।
सूचनामा सम्बन्धित कार्यालयहरुलाई आवश्यक कारबाही गर्नुरगराउन भनी पत्राचार गरिएको उल्लेख छ । तलव, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने प्रधान कार्यालयले जनाइएको छ ।






