काठमाडौं । प्रकाश तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्नुभएकाे छ ।सोमबार साँझ प्रकाशले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेट गर्नुभएकाे हाे ।
‘हेर्ने कथा’बाट आफ्नो परिवारको सम्पर्कमा पुगेका प्रकाशलाई आइतबार प्रशासनका अधिकारीले प्रकाशलाई उहाँको घर भोजपुर षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ)मा पुगेर नागरिकता दिइसक्नुभएकाे छ ।
प्रधानमन्त्री ओलीले प्रकाशको नागरिकता बनिसकेकाले अब उनलाई अन्य कुरामा पनि सहज हुने बताउनुभएकाे छ ।







