चालु आर्थिक वर्षबाटै अर्थतन्त्र नयाँ किसिमबाट चलायमान हुन्छ : गभर्नर अधिकारी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षबाटै नेपालको अर्थतन्त्र नयाँ किसिमबाट चलायमान हुने दाबी गर्नुभएको छ ।

आईतवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।उहाँले आर्थिक क्रियाकलाप अघि बढाउनलाई, निजी क्षेत्रको मनोबललाई उच्च राख्नलाई प्रशस्त मात्रामा आधारशिला खडा भएको बताउनु भयो ।

उहाँले केही सूचकहरुले पनि अर्थतन्त्र चलायमान बनाउने आधारशिला खडा भएको प्रमाणित गरेको बताउनु भयो । उहाँले भर्खरै सञ्चालन भइरहेको सवारीसाधन केन्द्रित प्रदर्शनीहरु, शेयर बजारहरु र अन्य स्थितिले पनि केही न केही चलायमान भइरहेको प्रमाणित भएको बताउनु भयो ।

ADVERTISEMENT

उहाँले राजश्व संकलनमा पनि विगतका दुई वर्षको भन्दा राम्रो राजश्व उठेको बताउनु भयो । उहाँले कर्जा प्रवाहको स्थिति साउनमा लगभग ३ अर्ब र भदौको आजसम्म थप १२ अर्ब कर्जा प्रवाह भइसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भोलिको दिनमा हाम्रो आर्थिक क्रियाकलाप अघि बढाउनलाई, निजी क्षेत्रको मनोबललाई उच्च राख्नलाई प्रशस्त मात्रामा आधारशिला खडा भएको छ । केही सूचकहरु हामीले स्पष्ट रुपमा पाइसकेका छौँ । भर्खरै सञ्चालन भइरहेको सवारीसाधन केन्द्रित प्रदर्शनीहरु, शेयर बजारहरु र अन्य स्थितिले पनि केही न केही चलायमान भइरहेको प्रमाणित भएको छ । पहिलाको वर्षहरु भन्दा यस वर्ष साउनमै खर्च राम्रो भएको देख्छौँ । राजश्व संकलनमा अगाडिका दुई वर्ष निकै समस्या थियो । यो साउनमा निकै पोजेटिभ हामी देख्छौँ । कर्जा प्रवाहको स्थिति हेर्दा साउनमा लगभग ३ अर्ब मात्रै कर्जा प्रवाह भएपनि भदौको आजसम्मा थप १२ अर्ब कर्जा प्रवाह भइसकेको छ । यही अवस्था अघि बढ्दाखेरी हामी आशा गर्नसक्छौँ, यही आर्थिक वर्षबाट नयाँ किसिमबाट अर्थतन्त्र चलायमान हुनेछ । राज्य पनि त्यसैगरी नीतिगत रिफर्ममा लागिरहेको छ । जे जस्ता सुधारहरु गर्नुपर्ने हो, कानूनी रिफर्ममा लागिरहेको छ । अफ्ठ्यारा भएका कुराहरुलाई के कसरी हुन्छ, सुधार गर्नुपर्छ ।’

गभर्नर अधिकारीले सरकारले पनि कानूनी अफ्ठ्यारा हटाउन नीतिगत सुधारमा लागेकाले अर्थतन्त्र चलायमान बन्ने विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *