काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२९ मा बस र ट्रक ठोक्किएर दुर्घटना भएको छ । मुग्लिङ–नारायणगढ सडकखण्डको सिमलतालमा दुई गाडी ठोक्किएका हुन्। भारतीय डबल डेकर बस र ट्रक ठोक्किएका हुन्।
दुर्घटनामा ट्रक चालक र सहचालक घाइते हुनुभएको छ । उहाँहरुलाई उपचारका लागि भरतपुर पठाइएको छ । बसमा सवार सबै सकुशल रहेका मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार मुग्निलबाट नारायणगढतर्फ गइरहेको ट्रक र नारायणगढतर्फबाट मुग्लिनतर्फ आइरहेको बस आज बिहान ठोक्किएका थिए ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts