
काठमाडौं । एकीकृत समाजवादीमा चुनावमार्फत पदाधिकारीको टुंगो लागेको छ । मंगलबार सम्पन्न निर्वाचनको मतपरिणाम बुधबार सार्वजनिक भएको हो । अन्तिम परिणामअनुसार उपाध्यक्षमा माधव नेपालनिकट मानिएका तीनजना विजयी हुँदा चौथो उपाध्यक्षमा भानुभक्त जोशी विजयी हुनुभएको छ । उपाध्यक्षमा नेपाल पक्षका डा. गंगालाल तुलाधर १८९, जगन्नाथ खतिवडा १६१, प्रकाश ज्वाला १४५ र भानुभक्त जोशी १५६ मतले विजयी हुनुभएको हो । जोशीबाहेक अरूलाई मत दिन नेपालनिकट नेताहरूले ‘चिट’ नै बाँडेका थिए । यसैगरी, महिला उपाध्यक्षमा जयन्ती राई विजयी हुनुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी रामकुमारी झाँक्री पराजित हुनुभयो । राईले १९९ मत पाउँदा झाँक्रीले ११२ मत पाउनुभयो । यस्तै, मधेशी क्लष्टरमा धर्मनाथ प्रसाद शाह विजयी हुनुभएको छ । उहाँले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत पाउनुभयो ।
चार उपमहासचिवका लागि १९ जनाको उम्मेदवारी परेको थियो । परिणामअनुसार मेटमणि चौधरी १५८ मतसहित विजयी हुनुभएको छ । यो अन्य प्रतिस्पर्धीभन्दा सबैभन्दा बढी मत हो । यस्तै, रामकुमार खड्का र गरिमा शाह समान १०७ मत पाएर विजयी हुनुभयो भने राजेन्द्र राईले १०६ मत पाएर जित हात पार्नुभयो । पाँच सचिवका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए । जसमा श्रीनाथ बराल १०७, शेरबहादुर कुँवर १५३, चन्द्रबहादुर शाही ९१, सोमप्रसाद पाण्डे १४१ र सावित्रीकुमारी भुसाल १०६ ले मत पाएर विजयी हुनुभएको छ । गत असार १६ देखि २० गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा भएको दसौं महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भएका थिए । बाँकी पदाधिकारी चयन हुन बाँकी थियो । पहिलो पूर्ण बैठकले चुनावमार्फत पदाधिकारीको टुंगो लगाएको हो । त्यस्तै, एकीकृत समाजवादीले पोलिट्ब्युरो सदस्य पनि चुनावैबाट छानेको छ ।
पदाधिकारी निर्वाचनबाट कम्तीमा सातजना नेता महासचिव घनश्याम भुसालको लिस्टबाट विजयी भएका छन् । भुसाल पक्षले मतदानका बेला बाँडेको लिस्टबाट सातजना पदाधिकारी विजयी भएका हुन् । मतदानका बेला अध्यक्ष माधव नेपाल पक्ष र महासचिव घनश्याम भुसाल पक्षबाट फरक-फरक लिस्ट बाँडिएको थियो । केही नेता दुवै लिस्टमा परेका थिए । सम्मानित नेता झलनाथ खनालको समर्थन भुसाल पक्षमा थियो । भुसाल पक्षबाट उपाध्यक्ष जयन्ती राई, धर्मनाथ साह, प्रकाश ज्वाला र भानुभक्त जोशी निर्वाचित हुनुभयो । ज्वाला र जोशी दुवैको लिस्टमा हुनुहुन्थ्यो । त्यस्तै, उपमहासचिवमा भुसाल पक्षबाट गरिमा शाह मात्र निर्वाचित हुनुभयो । सचिवमा भुसाल पक्षबाट चन्द्रबहादुर शाही र बलदेव चौधरी निर्वाचित हुनुभयो भने गणेश विक दुवै पक्षको टिममा हुनुहुन्थ्यो । घनश्याम भुसालको टिममा परेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य भने पराजित हुनुभएकोे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच