काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भद्रकालीमा निर्माण भएको जिल्ला प्रहरी परिसर, काठमाडौंको नयाँ भवन उद्घाटन गर्नुभएकाे छ । प्रधानमन्त्री ओलीले सोमबार बिहान आयोजित कार्यक्रमकाबीच भवन उद्घाटन गर्नुभएकाे हाे ।
२०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा बसेर सेवा दिइरहेको थियो ।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसहित गृहमन्त्री रमेश लेखक, मुख्य सचिव लीलादेवी गड्तौला, निमित्त प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी हुनुहुन्छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता