काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा व्यापार घाटा बढेर सबा एक खर्ब १६ अर्बभन्दा बढी पुगेको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको आयात निर्यातको तथ्यांकअनुसार साउनमा एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा जम्मा १२ अर्ब २२ करोड ६१ लाखको मात्रै निर्यात भएको हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा एक खर्ब १५ अर्ब रुपैयाँ थियो । तुलनात्मकरूपमा आयात र निर्यात दुवै घट्दा व्यापार घाटा पनि केही घटेको देखिएको छ । कुल आयात निर्यातमा ९१.३० प्रतिशत हिस्सा आयात रहेको छ भने निर्याततर्फको हिस्सा जम्मा ८.७० प्रतिशतमात्र रहेको छ ।
समीक्षा अवधिमा भएको कुल व्यापारमध्ये सबैभन्दा बढी भारतसँग ७७ अर्ब ६८ करोड ३१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने सात अर्ब ५७ करोड ८८ लाख रुपैयाँको निर्यात भएको छ । भारतसँग नेपालको खुद ७० अर्ब १० करोड ४२ लाख रुपैयाँ घाटा पुगेको छ ।
त्यस्तै चीनबाट २४ अर्ब ५४ करोड २३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएकोमा १५ करोड ७६ लाख रुपैयाँको मात्र निर्यात भएको छ । चीनतर्फको व्यापारमा मुलुकले कुल २४ अर्ब ३८ करोड ४७ लाख ४६ हजार रुपैयाँ घाटा बेहोर्नुपरेको छ ।
बंगलादेशसँग समेत २९ करोड ४९ हजार रुपैयाँ घाटा रहेको छ । साउनमा नेपालले बंगलादेशबाट ३२ करोड ७५ लाख ६९ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेकोमा तीन करोड ७५ लाख २१ हजार रुपैयाँ बराबरको वस्तुमात्रै निर्यात गर्न सकेको हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा