काठमाडौं । ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडबीच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहँुच र लगानी विस्तारसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका साना, मझौला तथा खुद्रा कर्जा प्रवद्र्धन विभाग प्रमुख चित्रकुमार चालिसे तथा आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले हस्ताक्षर गर्नुभएको हो ।
आध्यान्तले साना तथा मझौला उद्यमीको व्यापार विस्तार तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्राविधिक सहायता तथा परामर्शलगायतका सेवा प्रदान गर्दै आएको छ । बैंक र आध्यान्तबीचको सहकार्यले उद्यमीलाई विभिन्न प्रकारका तालिम तथा वित्तीय पहँुच सहज बनाउँदै मुलुकको अर्थतन्त्रमा टेवा पु¥याउने विश्वास लिइएको छ । आध्यान्तको साना तथा मझौला क्षेत्रमा रहेको अनुभव उपयोग गरी यो क्षेत्रका उद्यमीको व्यापार व्यवसाय विस्तार र उद्यमशीलता पहुँच विस्तार गर्दै बैंकले साना तथा मझौला क्षेत्रमा कर्जा प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts