
काठमाडाैं । नेकपा एमालेकी राष्ट्रिय सभा सांसद भगवती न्यौपानेले पीडितहरुले न्याय पाउँदैनन् भनेर परिस्थितिलाई भड्काउन खोजिएको बताउनुभएको छ ।
राष्ट्रिय सभाको बिहीवारको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित बेपत्ता पाबिरएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले मानव अधिकारको उल्लंघन र गम्भीर उल्लंघनको विषय विधेयकमा उल्लेख गरिएको भन्दै नियतपूर्वक, स्वेच्छाचारी हत्या, जबरजस्तीकरणी र यौन हिंसा गम्भीर मानव अधिकार उल्लंघनको विषय भएको बताउनु भयो । उहाँले गम्भीर मानव अधिकार उल्लंघनका मुद्दामा पीडितले माफी दिन चाहे पनि माफी दिन नमिल्ने र अदालती प्रक्रियामा गएर न्याय निरुपण हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले पीडितहरुले न्याय पाउँदैनन् भनेर परिस्थितिलाई भड्काउन खोजिएको छ । तर म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु । मानव अधिकारको उल्लंघन र गम्भीर उल्लंघनको विषय यहाँ समेटिएको छ । मानव अधिकारको गम्भीर उल्लंघनको विषय जो हत्या गरिएको एउटा नियतपूर्वक, स्वेच्छाचारी रुपमा हत्या गरिएको विषय गम्भीर मानव अधिकारको उल्लंघनको विषय हो । जबरजस्तीकरणी र यौन हिंसा यो गम्भीर मानव अधिकार उल्लंघनको विषय हो । त्यसैले मान्छेलाई क्रुरतापूर्वक दिइएको यातना गम्भीर मानव अधिकारको उल्लंघनको विषय हो । बेपत्ता पारिनु पनि मानव अधिकारको गम्भीर उल्लंघनको विषय हो । यसमा पीडितले माफी दिन चाहे पनि माफी हुँदैन । माफी दिन सकिँदैन । अदालती प्रक्रियामा गएर न्याय निरुपण हुन्छ, पीडितलाई न्याय हुन्छ ।’
सांसद न्यौपानेले अयोग्य लडाकुहरुलाई पनि राहत उपलब्ध गराउँदै परिपूरणको हकलाई विधेयकमा सुनिश्चित गरिएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच