काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलद्वारा आयोजित पार्टनर फर प्रोग्रेस (हजुरको प्रगतिको सहयात्री) फेसबुक भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कृत गरेको छ । प्रतियोगिता समाप्तिसँगै छानिएका उत्कृष्ट तीन विजेतालाई बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पुरस्कार प्रदान गर्नुभएको हो ।
उत्कृष्ट निकिता गुरुङ, द्वितीय बबिता दुलाल बस्ताकोटी र तृतीय कृशल श्रेष्ठलाई क्रमशः नगद पुरस्कार ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ । जीवनमा सफलता प्राप्त गर्न र आफूले चाहेको लक्ष्य हासिल गर्न आफ्नो परिवारका सदस्य जस्तै श्रीमतीका लागि श्रीमान्, बहिनीका लागि दाजु र छोराका लागि बुबाको भूमिका महत्वपूर्ण हुने कुरा उनीहरूले आफ्नो भिडियोमार्फत् दर्शाएका थिए ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts