
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन यसवर्ष भदौ ३ गते परेको छ ।
यस पर्वमा विधिपूर्वक स्नान, ऋषि तर्पण, जनै परिवर्तन साथै हातमा डोरो बाँधी मनाइन्छ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ।
यही अवसरमा राजधानीको असन, इन्द्रचोकको बजारमा जनैका लागि डोरो तथा आफ्नो दाजुभाईका लागि राखी किन्ने सर्वसाधारणको बाक्लो भीड लागेको छ ।
अहिले बजारमा प्रति गोटा राखीको ३०, ५०, १०० र सो भन्दा बढी मूल्यको पनि बिक्री भई रहेको छ भने डोरोको मूल्य १०० वटाको ५०० रुपैयाँमा बिक्री भईरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच