काठमाडौं । मिदाससँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पतालले आफ्नो नयाँ हस्पिटल मोबाइल एप सञ्चालनमा ल्याएको छ । एपमार्फत् बिरामीले भक्तपुर क्यान्सर अस्पतालका सेवा लिन सहज रूपमा अनलाइन अपइन्टमेन्ट बुकिङ गर्न सक्नेछन् ।
एपमा नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बिमा भएका प्रयोगकर्ताले निःशुल्क अस्पतालको टिकट बुक गर्न आफ्नो बिमा जानकारी प्रविष्ट गरी प्रमाणीकरण गर्न सक्ने व्यवस्थासमेत रहेको छ ।
मिदास हेल्थ सर्भिसेजले विभिन्न अस्पतालका ओपिडी सेवाका लागि डाइनामिक क्युआर भुक्तानी विकासका साथै बिरामीलाई उनीहरूको घरबाटै आरामले अनलाइन मेडिकल अपोइन्टमेन्ट लिन सहज बनाएर अस्पतालका सेवालाई निकै सहज बनाएको छ । मिदासले विकास गरेको हस्पिटल एपमार्फत् बिरामीले ओपिडी टिकट बुकिङ र किन्ने सँगसँगै घरबाटै मेडिकल अपोइन्टमेन्ट लिने तथा प्रयोगशाला रिपोर्ट प्राप्त गर्न सकिने व्यवस्था पनि छ ।






