काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारबारे गलत सूचना प्रवाह गर्ने व्यक्ति तथा संस्थाहरूलाई कारबाही गर्ने भएको छ । सामाजिक सञ्जालमार्फत् कुनै पनि कम्पनीका सेयरमूल्य बढ्ने वा घट्ने भन्दै खरिदबिक्री गर्न वा नगर्न उत्साहित गराउनेलाई कारबाही गरिने बोर्डले चेतावनी दिएको हो । शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै बोर्डले सञ्चारमाध्यम, फेसबुक, युट्युब, क्लबहाउसजस्ता सञ्जालमार्फत् अनधिकृत तवरले अन्तर्वार्ता तथा अभिव्यक्ति दिएर बजार प्रभावित पार्न खोजिएको सम्बन्धमा उजुरीहरू प्राप्त भएको उल्लेख गर्दै त्यस्तो कार्यविरुद्ध कारबाही हुने जनाएको छ ।
बोर्डद्वारा जारी सूचनामा भनिएको छ, ‘धितोपत्रसम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैं वा अरूसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन वर्जित गरेको छ, सो गरेमा धितोपत्र कारोबारसम्बन्धी कसुर गरेको मानिने बेहोरा जानकारी गराउँछौँ ।’ निश्चित सेयर खरिदबिक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रूपमा सञ्चालन हुने व्यवस्था प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न, नगराउन र त्यस्ता कार्य रोक्न पनि बोर्डले सचेत गराएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts