
काठमाडौं । आइएमई लिमिटेड र जिएमई रेमिटले बुधबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । आइएमईले जिएमई रेमिटलाई प्राप्ति गरेपछि दुर्ई कम्पनी एक भई आइएमई लिमिटेडको नामबाट कारोबार हुने भएको हो ।
यो रेमिट्यान्स क्षेत्रमा पहिलो मर्ज हो । मर्जपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ हुनेछ । हाल आइएमईको पुँजी ९० करोड र जिएमईको पुँजी २५ करोड रुपैयाँ रहेको छ । रेमिट्यान्स कारोबार रकमका आधारमा आइएमई पहिलो र जिएमई तेस्रो ठूला कम्पनी हुन् । मर्जपछि कम्पनीको कारोबार मासिक ३० अर्बभन्दा बढी हुने अनुमान छ । आइएमई देशकै सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी हो भने जिएमई जापान र कोरियाबाट सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी हो ।
मर्जपछि कम्पनीले १० प्रतिशत सेयर सार्वसाधारणका लागि निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले सेयर निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । दुवै कम्पनीको गत जेठमा भएको साधारणसभाले एक आपसमा गाभ्ने तथा गाभिनेसम्बन्धी प्रस्ताव पारित गरेका थिए । सोही प्रस्तावअनुसार साउन ३० गते एकीकृत कारोबार हुने भएको हो ।
कम्पनीको अध्यक्ष हाल चन्द्रप्रसाद ढकाल रहनुभएको छ तर एकीकृत कारोबारपछि भने अध्यक्ष हेमराज ढकाल बन्नुहुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच