काठमाडौं । ग्लोकल टिन हिरो नेपाल १०औँ संस्करणमा आवेदन दिने प्रतिभावान किशोरकिशोरीबाट उत्कृष्ट २० घोषित भएका छन् । ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्रबाहेक किशोरकिशोरीमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै उनीहरूले समाजमा गरेको प्रभावकारी कार्र्य र अद्वितीय प्रतिभा पहिचान गराउन एक मञ्च प्रदान गर्दै आएको छ ।
ग्लोकल टिन हिरो नेपालले १३ देखि १९ वर्षका किशोरकिशोरीको पहल, सिर्जनशीलता र उत्साहलाई गहिरो रूपमा मान्यता दिँदै उनीहरूलाई स्थानीय र वैश्विक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सशक्त बनाउँदै आएको छ ।
देशभरबाट आएका सात सय नौ आवेदनबाट मूल्यांकनको सम्पूर्ण प्रक्रियामार्फत् २०२४ का लागि उनीहरूले उपलब्ध गराएको जानकारी, प्रभावकारी कार्य विवरण र अन्तर्वार्ताका आधारमा ग्लोकल २० अण्डर २० चयन गरिएको हो ।
२० अण्डर २० किशोरकिशोरीले विज्ञान, स्वास्थ्य कार्यकर्ता, उद्यमशीलता, बाल अधिकारकर्मी, वातावरणविद्, एआई विज्ञान/अनुसन्धानजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् ।
आदेश रेग्मी १८, सामाजिक कार्यकर्ता आशिष पन्थी १९, सामाजिक कार्यकर्ता आयुष्मान पुरी १८, सामाजिक कार्यकर्ता आर्यन बस्नेत १८, आइटी उत्साही आशिष बञ्जारा १८, सामाजिक कार्यकर्ता घनश्याम विश्वकर्मा १९, बालअधिकारकर्मी हृयाङ्साम नेम्वाङ १७, उद्यमी कौशल निरौला १९, वातावरण अभियन्ता किशोर शाही १६, जलवायु अभियन्ता क्रिस्टिना खनाल १८, प्राविधिक उत्साही निश्चल भट्टराई १६, सामाजिक कार्यकर्ता प्रशिम तिम्सिना १६, टेक्नोप्रेनरस पूर्णिमा तिम्सिना १७, बालअधिकार कार्यकर्ता सजनी शर्मा १९, सामाजिक कार्यकर्ता सौरभ बाँस्तोला १७, स्टिम कार्यकर्ता शक्ति केसी १९, एआई उत्साही श्रीजय सुवेदी १८, प्राविधिक उत्साही सिन्सिया केसी १९, स्वास्थ्य कार्यकर्ता सुगम पराजुली १९, उद्यमी र तुषार शाह १७ रहेका छन् । आयोजकका अनुसार उत्कृष्ट ६ को घोषणा अगस्ट २० तारिखमा हुनेछ । चयन भएका युवाको सम्मान सेप्टेम्बर १, २०२४ मा हुने ग्लोकल टिन हिरो अवार्ड महोत्सव र सम्मेलनमार्फत् हुनेछ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts