काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ को आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले आइतबार हिल्टन काठमाडौंमा शीर्ष २५ प्रतियोगीको स्यास सेरेमोनी सम्पन्न गरेको छ । प्रारम्भिक राउण्डबाट छनोट भएका ६० प्रतियोगीमध्ये २५ जना प्रतियोगीलाई मिस युनिभर्स नेपालको नेसनल डाइरेक्टर संगीता पुरी र कोरियोग्राफर दिक्पाल कार्कीले स्यास वितरण गर्नुभएको हो । मिस युनिभर्स नेपाल २०२४ मा बोल्न र सुन्न नसक्ने प्रतियोगी सुजल बमको पनि सहभागिता रहेको छ ।
त्यस्तै ट्रान्सजेन्डर, विवाहित, गैरआवासीय नेपाली महिला र डाक्टर, इञ्जिनियर र पाइलटलगायत विभिन्न पेशाका महिलाको उत्साहजनक र समावेशी सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रतियोगी सम्पदा घिमिरेलाई नम्बर १, छोतेन फुन्ट्सोलाई नम्बर २, श्रीयका थापालाई ३, अनुष्का वस्तीलाई ४, सुजल बमलाई ५, नेहा चौधरीलाई ६, मनिषा परियारलाई ७, स्मृति सिंहलाई ८, एलिना गुरुङलाई ९, रेनाता कट्टेललाई १०, तुलसा नेपाललाई ११, नियुक्ति अर्जाललाई १२, ऋतिषा मानन्धरलाई १३ नम्बरको स्यास वितरण गरिएको छ । त्यसैगरी पूजा बाँस्तोलालाई १४, खुसी दत्तराजलाई १५, आयुषा कार्कीलाई १६, अस्मी ढकाललाई १७, शिवानी कर्णलाई १८, गजल कर्णलाई १९, करेन मुर्रेलाई २०, संयुक्ता मल्ललाई २१, अक्षिता चेट्टीलाई २२, नितु पुनलाई २३, ताशी गुरुङलाई २४, समृद्धि केसीलाई २५ स्यास वितरण गरिएको छ ।
सो अवसरमा निना उपाध्यायले कार्यक्रममा मिस युनिभर्सका सबै प्रतियोगीलाई कार्यक्रममा सहभागिता जनाएकोमा धन्यवाद व्यक्त गर्दै आफूले १३ वर्षको हुँदा महिला सशक्तीकरणको कुरा गर्दा जेल जानुपरेको सुनाउनुभएको थियो । मिस युनिभर्स नेपाल २०२४ को ग्राण्ड फिनाले आगामी सेप्टेम्बरको पहिलो हप्ता हुँदैछ । विजेताले नोभेम्बरमा मेक्सिकोमा हुने मिस युनिभर्स २०२४ का लागि सय देशका प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्नुहुनेछ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts