काठमाडौं । कोका-कोलाले गर्मीमा उपभोक्ताका लागि फेरि अर्को विशेष अफर ल्याएको छ । घरमा खाना खाँदाको क्षण विशेष र अविस्मरणीय बनाउने उद्देश्यले कोका-कोलाले ल्याएको विशेष अफरअन्तर्गत सीमित अवधिको ‘मेगा डिस्काउन्ट अफर’ मा दुई लिटरको कोका-कोला, स्प्राइट र फ्यान्टा खरिदमा उपभोक्ताले एक सय ९९ रुपैयाँ छुट पाउनेछन् ।
साथै २.२५ लिटर प्याक भने दुई सय ५० रुपैयाँमा खरिद गर्न सकिनेछ, जसको मूल्य दुई सय ७० रुपैयाँ रहेको छ । कम्पनीका अनुसार दुई र २.२५ लिटरको कोका-कोला, स्प्राइट र फ्यान्टा प्याक परिवार, साथीभाइ र अन्य जमघटमा उपभोग गर्न उपयुक्त हुनेछ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता