काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धनको प्रमुख कार्यभार संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने रहेको बताउनुभएको छ ।
कांग्रेस केन्द्रीय समितिको जारी बैठकमा आज उहाँले आफ्ना धारणा व्यक्त गर्दै वर्तमान गठबन्धन सरकार निर्माणको क्रममा संविधान सुधार र राजनीतिक स्थायित्वको कुरा गम्भीरतापूर्वक उठाइएको उल्लेख गर्नुभयो ।
नेता कोइरालाले भन्नुभयो, “वर्तमान गठबन्धनको प्रमुख कार्यभार संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने हो । निःसन्देह दुई ठूला दल मिल्नुको औचित्य संविधान संशोधनलगायत साझा राष्ट्रिय कार्यसूची बनाएर जनभावनाअनुसार कार्यान्वयनमा लैजानसक्दा आमजनताको भरोसा र विश्वास जित्न सकिन्छ । नेपालको संविधान आमनेपालीको साझा दस्तावेज हो । यसमा गरिने सुधारको प्रक्रिया अगाडि बढाउँदा संविधानको स्वीकारोक्तिमा आमनेपाली भावना जोडिनुपर्छ ।”
साझा राष्ट्रिय कार्यसूची बनाउँदा कांग्रेसले आफ्नो घोषणापत्रमा भएका प्रतिबद्धतालाई बिर्सन नमिल्ने उहाँको भनाइ थियो । वर्तमान सरकार गठनका सन्दर्भमा कांग्रेस र नेकपा (एमाले)ले सुशासनको धेरै प्रतिबद्धता गरेको उल्लेख गर्दै नेता कोइरालाले व्यवहारमा सङ्घ र प्रदेशमा मन्त्रीहरु छनोटले सुशासनलाई जिस्क्याइरहेको टिप्पणी गर्नुभयो ।
“सरकार छ भन्ने अनुभूति आमनागरिकलाई सङ्कटको समय सबैभन्दा बढी हुन्छ । अहिले ती नेपालीहरुकाबीच सरकार पुग्नुपर्छ जो बाढी, पहिरो, दुर्घटना र प्राकृतिक प्रकोपका अनेकन समस्याहरुसँग जुध्दै छन्”, उहाँले भन्नुभयो, “तिनको उद्धार, राहत, उपचार र पुनःस्थापना सरकारको प्रमुख दायित्य हो । म चाहन्छु हामी संलग्न सरकारले यस मानवीय कार्यलाई एकछिन पनि ढिलो नगरी सम्बोधन गर्ने सक्रियता देखाओस् ।”







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts