काठमाडौं । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।
नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको हो । “घटनास्थलमा केही सुरक्षाकर्मी र स्थानीयवासी पुगेका छन् ।
उनीहरुले हेलिकप्टरमा लागेको आगो निभाइरहेका छन्”, उहाँले भन्नुभयो ।

काठमाडौंबाट रसुवा स्याप्रुङबेँसीका लागि उडेको उक्त हेलिकप्टर फर्किँदै गर्दा उक्त हेलिकप्टरको क्याप्टेन अरुण मल्ल थिए भने अन्य चार जनामा चारैजना चिनियाँ नागरिक भएको बताइएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता