गाजा शहरका विद्यालयहरूमा इजरायली आक्रमण : २५ जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरूले गाजा शहरको अल-नासर र हसन सलामा विद्यालयहरूमा इजरायली हवाई आक्रमणमा २५ प्यालेस्टाइनीको मृत्यु भएको बताएका छन् ।

सुरक्षा स्रोतहरूका अनुसार इजरायली युद्धक विमानहरूले दुई विद्यालयमा धेरै मिसाइलहरू प्रहार गरेका थिए । इजरायली हवाई हमलामा परी कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु भएको र दर्जनौं घाइते भएको मेडिकल स्रोतले बताएको छ ।

ADVERTISEMENT

गाजाको सिभिल डिफेन्स अथोरिटीले मारिनेमा अधिकांश महिला र बालबालिका रहेको बताएको छ । यसैबीच इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले इजरायली युद्धक विमानहरूले गाजा शहरको हसन सलामा र अल-नासर विद्यालयहरूमा लुकेर बसेका हमास कमाण्ड र कन्ट्रोल कम्प्लेक्स भित्र सञ्चालित लडाकुहरूलाई आक्रमण गरेका थिए ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?