काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुविधा सम्पन्न क्रिकेट रंगशाला बनाउने प्रतिबद्धता दोहोर्याउनु भएको छ ।
सामाजिक सञ्जालमा आफूलाई गतिलो रंगशाला बनाउनु पर्यो भन्ने सुझाव लगातार आइरहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।
शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले सरकारको पहिलो निर्णय नै सुविधा सम्पन्न रंगशाला बनाउने रहेको स्मरण गराउनुभयो ।
नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द तथा सचिव पारस खड्कालगायतसँगको बालुवाटारमा खिचेको फोटो फेसबुकमा सार्वजनिक गर्नुहुँदै उहाँले सामाजिक सञ्जालमा आफूलाई गतिलो रंगशाला बनाउनु पर्यो भन्ने सुझाव सबैभन्दा बढी आएको उल्लेख गर्नुभएको छ ।
‘सामाजिक सञ्जालमा मलाई एउटा गतिलो रंगशाला बनाउनु पर्यो भन्ने सुझाव सबैभन्दा धेरै आएको छ, यो सरकारको पहिलो निर्णय नै सुविधा सम्पन्न रंगशाला बनाउने छ, क्यानका चतुरबहादुर चन्द र पारस खड्कालगायतका साथीहरूसँग बालुवाटारमा ।’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेख्नुभएको छ ।
माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढलेर कांग्रेससँगको समीकराण बनेको नयाँ मन्त्रिपरिषद बैठकको पहिलो निर्णयनै कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने निर्णय भएको थियो ।
जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ। यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको छ।
सार्थै केहीदिन अघि मात्र प्रधानमन्त्री ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा रंगशाला निर्माण गर्न जग्गाका बारेमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिष्टारसँग छलफल समेत गर्नुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता