काठमाडौं । देशका केही भेगमा बिहानैदेखि वर्षा भइरहेको छ । मधेश, बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशैभर पानी पर्ने सम्भावना छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति पनि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । महाशाखाका अनुसार शुक्रबारसम्म वर्षाको सम्भावना छ । विशेषगरी रातको समयमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले शुक्रबार रातिसम्म नै वर्षा हुने बताए । दिउँसोभन्दा राति बढी पानी पर्ने उनले बताए ।
आगामी २४ घण्टामा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts