काठमाडौं । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२४ को १०औँ संस्करणका लागि आवेदन खुलेको र प्लेटफर्मबारेमा जानकारी दिन सातै प्रदेशका विभिन्न शहरका विद्यालयमा एक्टिभेसन कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।
कार्यक्रमका क्रममा नेपालका विभिन्न स्कुलमा किशोरकिशोरीसँगको अन्तरक्रिया हुँदा धेरै प्रतिभाशाली किशोरकिशोरी जसले सामाजिक कार्य, उद्यमशीलता, नवप्रवर्तन, वातावरण संरक्षण र अन्य धेरै क्षेत्रमा महत्वपूर्ण प्रभाव पार्दै आएको भेटिएको र यस वर्ष पनि भव्यतासाथ प्रतिभावान किशोरकिशोरी पहिचान गराउन सशक्त रूपमा तयारी भइरहेको आयोजकले जनाएको छ ।
ग्लोकल टिमले पूर्वदेखि पश्चिमसम्म नेपालका ५० भन्दा बढी शहरका विभिन्न विद्यालय/कलेजमा किशोरकिशोरीसँग अन्तरक्रिया गरेका छन् । ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्रबाहेक किशोरकिशोरीमा रहेको प्रेरणा र उत्साह उजागर गर्दै उनीहरूले समाजमा गरेको प्रभावकारी कार्र्य र अद्वितीय प्रतिभा पहिचान गराउन एक मञ्च प्रदान गर्दै आएको छ ।
ग्लोकल टिन हिरो नेपालले १३ देखि १९ वर्षका किशोरकिशोरीको पहल, सिर्जनशीलता र उत्साहलाई गहिरो रूपमा मान्यता दिँदै उनीहरूलाई स्थानीय र वैश्विक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सशक्त बनाउँदै आएको छ । गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२४ को १०औँ संस्करणका लागि आवेदन मंगलबारदेखि बन्द भएको पनि आयोजकले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता