काठमाडौं । लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालले समाजका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वलाई सम्मान गर्न लाइन्स कर्पोरेट सोसियल अवार्ड आयोजना गर्ने भएको छ । आगामी शनिबार हुने लाइन्स कर्पोरेट सोसियल अवार्डको चौथो शृंखला हो ।
यसअघि पनि समाजमा रहेका विभिन्न वर्ग, क्षेत्र र पेशाका व्यक्तित्वलाई उनीहरूले पुर्याएको योगदानका लागि लायन्स क्लबले सम्मान गर्दै आएको छ । समाजमा व्याप्त नकारात्मकता तथा केही भएन भन्ने सोचबीच लायन्सले समाजमा भएका सकारात्मक कामको सम्मान गर्दा समाजमा योगदान दिनेलाई हौसलामात्र नभई अन्य विभिन्न वर्ग तथा पेशामा रहेकालाई पनि प्रेरणाको स्रोत हुने आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । विभिन्न ११ विधामा अवार्ड प्रदान गरिने लायन्स क्लब अफ काठमाडौंका कर्पोरेट नेपाल संस्थापक अध्यक्ष किशोर भट्टराईले बताउनुभएको छ ।
११ विधामा सोसियल प्लेयर अवार्ड, स्पोर्ट्स म्यानेजमेन्ट अवार्ड, सोसियल कर्पोरेट हाउस अवार्ड, सोसियल कर्पोरेट लिडर अवार्ड, सोसियल सेलिब्रेटी अवार्ड, सोसियल म्यानेजमेन्ट अवार्ड, सोसियल एकेडेमिक अवार्ड, सोसियल ब्युरोक्र्याट अवार्ड, सोसियल स्पिरिचुअल अवार्ड, सोसियल जर्नालिजम अवार्ड र कर्पोरेट सिएसआर अवार्ड रहेका छन् ।






