सुनको मूल्य प्रति तोला एक हजारले वृद्धि, कतिमा हुँदैछ काराेबार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४५ हजार सात सय निर्धारण भएको छ ।

ADVERTISEMENT

शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार प्रतितोलामा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ ।

यसैगरी चाँदीको मूल्य आज तोलामा रु १० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार सात सय ३० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार सात सय ४० निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *