परिवार चलाउनका लागि परिवारका वरिष्ठ व्यक्तिको भूमिका रहको हुन्छ । परिवारका मूल व्यक्तिको निर्देशन आदेशमा परिवार चलेको हुन्छ । मूल व्यक्तिको निर्देशनविपरीत मनोमानी ढंले चलेको परिवार कहिले पनि गतिशील हुन सक्दैन र उन्नति त्यो परिवारले गर्न सक्दैन । त्यसैले परिवारको मूल व्यक्तिलाई परिवारका सदस्यले आफ्नो अभिभावक मानेका हुन्छन् । उक्त अभिभावकको आज्ञाले चलेको परिवारले नै समाजमा आफू र आफ्नो पहिचानलाई बाहिर ल्याएको हुन्छ । परिवारलाई चलाउनुमात्र पारिवारिक व्यक्तिको पहिचान होइन । परिवारका सबै समस्याको समाधान र पारिवारिक सदस्यको हेरचाहमा पनि परिवारका मूल व्यक्तिको आवश्यकता परेको तथ्यलाई हाम्रो संस्कार र परम्पराले बताएको छ ।
गतिलो शासक नभएको देशमा अराजकताको अवस्था उपस्थिति हुने गर्दछ । यसका साथै शासक नै गतिलो भएन भने उक्त राज्यको धन र नारीमाथि उनीहरूको अधिकार नरहने तर्कलाई महाभारतले उठाएको देखिन्छ । शासक नै गतिलो भएन भने पनि शासकीय पद्धति र त्यसले निर्वाह गर्ने भूमिका कमजोर हुने तर्क अघि सारिएको छ । त्यसैले शासकको चयन प्राचीन समयमा पनि जनतालाई नै छोडिएको देखिन्छ ।
परिवार चलाउन कठिन पर्ने आजको समाजमा देश चलाउनुलाई सामान्य मान्नु हुँदैन । शासन व्यवस्थाको मियो शासक भएको हुनाले शासक गतिलो हुनुपर्ने तथ्यलाई हाम्रा शास्त्रहरूले बताएका छन् । यदि शासक गतिलो भयो भने शासकीय पद्धति र शासन व्यवस्थाका सबै अंग सबल हुने तथ्यलाई शास्त्रले बाहिर ल्याएका छन् । शासकले गर्ने शासनबाट नै राज्यको व्यवस्थापकीय पक्ष चिनिने तर्कलाई पनि हाम्रा शास्त्रले स्वीकार गरेको देखिन्छ । महाभारतको युद्ध समापन भएपछि शासकका सन्दर्भमा युधिष्ठिरले भीष्मलाई शासन व्यवस्था सबल हुने शासकको कारणले हो वा शासक नभए देशको अवस्था के हुने सन्दर्भलाई उठाएका छन् ।
शासक नै मुख्य
देशको व्यवस्थालाई सुचारु गराउन आउने आधार शासक हो । शासकका माध्यमबाट नै देशको अवस्था र राज्यका सबै अङ्गले गति पाउने हुँदा शासकलाई नै देशको मूल आधार मानेको पाइन्छ । भीष्म युधिष्ठिरलाई सम्बोधनमा भन्छन्
तस्माद् राजैव कर्तव्यः सततं भूतिमिच्छता
न धनार्थो न दारार्थतेषां येषामराजकम् ।।
कुनै पनि देशको उन्नतिका लागि असल शासकको चयन अनिवार्य मानिएको हुन्छ । गतिलो शासक नभएको देशमा अराजकताको अवस्था उपस्थिति हुने गर्दछ । यसका साथै शासक नै गतिलो भएन भने उक्त राज्यको धन र नारीमाथि उनीहरूको अधिकार नरहने तर्कलाई महाभारतले उठाएको देखिन्छ । शासक नै गतिलो भएन भने पनि शासकीय पद्धति र त्यसले निर्वाह गर्ने भूमिका कमजोर हुने तर्क अघि सारिएको छ । त्यसैले शासकको चयन प्राचीन समयमा पनि जनतालाई नै छोडिएको देखिन्छ । जनताबाट चुनिएको शासक नै उत्तम हुने तथ्यलाई महाभारतमा भीष्मले बताएका छन् ।
शासक नभएको देश र शासनले नसजिएको राज्य अराजक हुने कुरालाई महाभारतले बताएको छ । राष्ट्र कहिले पनि अराजक हुँदैन । राज्यका बासिन्दाका लागि पहिलो सर्त भनेकै शासक हो । शासकका माध्यमबाट चल्ने शासन व्यवस्था र उक्त शासनले जनतालाई दिने आधारमा नै शासकीय पद्यति गतिशील हुने गरेको पाइन्छ ।
पापा हृयपि तदा क्षेमं न लभन्ते कदाचन
एकस्य हि द्वौ हरतो द्वयोश्च बहवोद्रपरे ।।
शासक नभएको देशका जनता नै अराजक अवस्थामा जाने सन्दर्भलाई यहाँ उल्लेख गरिएको छ । अराजक देशका मानिसले आफूलाई नै अराजक अवस्थामा उपस्थित गराएका हुन्छन् । एउटाको धन दुईजनाले चोरेका हुन्छन् भने दुईजनाको धेरैले चोरेका हुन्छन् । शासक नै सबैभन्दा गतिलो व्यवस्थाको आधार महाभारतले मानेको देखियो । सामान्य अवस्थामा पनि शासकले शासकीय पद्दतिका माध्यमबाट आफूलाई उभ्याएको हुन्छ ।
शासकले निर्वाह गर्ने भूमिकाका आधारमा देशको व्यवस्थापकीय पक्ष गतिशील हुने गरेको हुन्छ । शासकमा विद्यमान् दृढता र उसको जिम्मेवारीका आधारमा शासन व्यवस्था चल्ने कुरालाई महाभारतले बाहिर ल्याएको देखिन्छ । शासक राज्य हो । शासक व्यवस्था हो । शासक जनताको अभिभावक हो । शासक देशको विकास हो । शासकका माध्यमबाट अभिव्यक्त हुने व्यवस्थाले नै राष्ट्रको उन्नति र अवनतिको निर्धारण गरेको हुन्छ । हाम्रा शास्त्र, स्मृति पुराणहरूले पनि शासकमा हुनुपर्ने गुणलाई प्रशंसा गरेका छन् । शासकका माधयमबाट सञ्चालन हुने शासकीय पद्धति र त्यसले दिने आधारलाई नै मुख्य मान्यता मानेको देखिन्छ । संसारका कुनै पनि देशको शासकीय पद्दति शासकका आधारमा चल्ने हुनाले शासकलाई मूल अभिभावक मानेको पाईन्छ । शासकको नियत र शासकको कर्मका आधारमा देशको भविष्य निर्धारण हुने तथ्यलाई बाहिर ल्याइएको छ ।
शासकलाई सन्देश
मनुलाई ब्रहृमाले शासक बन्न वा राजा बन्न आग्रह गरे । ब्रहृमाको आदेशलाई मनुले मानेनन् । मनुले शासन व्यवस्थामा आफ्नो तर्क अघि सारे । उनले ब्रहृमासित भने
विभेमि कर्मणः पापाद् राज्यं हि भृशदुस्तरम्
विशेषतो मनुष्येषु मिथ्यावृत्तेषु नित्यदा ।।
हे भगवन् ! म पापकर्मबाट धेरै डराउँछु । राज्य वा शासन चलाउनु धेरै कठिन काम हो । सधैं मिथ्या, छलकपट, पाप, अनुचित कार्यमा प्रवृत्तिमा रहने जनतामाथि शासन गर्नु सामान्य काम होइन । यो मनुले ब्रहृमालाई भनेका हुन् । शासक आफैमा पूर्ण हो । ऊ जनताको सेवक हो । उसले देशबाहेक अन्य कुनै पनि कुरा हेर्दैन । ऊ व्यवस्थाको परिचय पनि हो । उसले आरम्भ गरेको शासकीय व्यवस्था कत्तिको लोकप्रिय र जनप्रिय भयो भन्ने हेक्का पनि उसले राखेको हुनुपर्दछ ।
आजका राजनीतिका पण्डितले खोज्नु आवश्यक देखिएको छ । नेपालको शासकीय पद्धतिले जुन किसिमको परिवर्तन चाहृयो त्यो परिवर्तन नेपालमा नआएको पनि होइन । तर परिवर्तनसित आउने जनताका आकांक्षालाई पूर्ण गर्न नसक्नु नै आजको राजनीतिको मूल अस्वस्थता हो । यसैमा रमेको छ नेपालको राजनीति र त्यसले दिएको जीवनको आधार पनि ।
उसले चालेका कदमले समेत देशको विकास र जनताको जीवनस्तरमा कतिको सुधार भयो भन्ने तथ्यलाई पनि शासकले अनुभव गर्नु आवश्यक मानिएको पाइन्छ । कुनै पनि राज्यमा शासक बन्नुलाई सामान्य कुरा मानिएको हुँदैन । शासक आफैमा सबै गुणले सम्पन्न हुनुपर्दछ भन्ने सन्दर्भलाई महाभारतले पनि उठाएको छ । शासकको व्यवहार कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा महाभारत भन्छ
कृतज्ञो दृढभक्तिः स्यात् संविभागी जितेन्द्रियः
इक्षितः प्रतिवीक्षेत मृदु वल्गु च सुष्ठु च ।।
शासक उपकार गर्ने व्यक्तिमाथि कृतज्ञ होस् । आफूलाई सहयोग गर्ने व्यक्तिप्रति स्नेहभाव राख्न सकोस् । उपयोगमा आउने वस्तुको यथायोग्य विभाजन गरेर काममा ल्याओस् । इन्द्रियलाई बसमा राखोस् । जसले उसलाई हेरेको छ शासकले उसलाई हेरोस् । स्वभावले सरल र वाणीमा मृदुता कायम गर्ने होस् । यी शासकमा हुनुपर्ने गुण महाभारतले उल्लेख गरेको छ । हामी प्राचीन परम्परा र संस्कारप्रति आस्थावान् मानिस हौं । हाम्रो परम्पराले शासकलाई गतिलो स्थान दिएको छ । शासकप्रति नतमस्तक र शासकले गरेका कामलाई शिरोधार्य गर्ने हाम्रो सनातनी परम्परा हो । शासकले कहिले पनि राष्ट्र र जनताको अहित गर्दैन भन्ने विश्वासमा स्थापित छन् हाम्रा मान्यताहरू पनि । हाम्रा परम्पराले जहिले पनि असल शासककको गुणगान गाएका छन् । देशको विकास र जनताको उन्नतिमा नलाग्ने शासकलाई हाम्रा शास्त्र र जनताले कहिले पनि मन पराएनन यो सत्य हो । यही सत्यमा रमेका हामीलाई आजको शासकीय परम्परा र व्यवस्थाप्रति घृणा जाग्नुलाई अस्वाभाविक मानिँदैन पनि ।
नेपाल गणतान्त्रिक मुलुक हो । यो सार्वभौमसत्ता सम्पन्न मुलुकका रूपमा रहेको छ । यो देशमा राजनीति परिवर्तन धेरै भयो । राजनीतिमा भएको परिवर्तनले देशको राजनीतिमा स्थिरता ल्याउन सकेन । देशका जनता यो शासकीय पछतिविरुद्ध देखिन थाले । यो अवस्था आउनुमा जनता आफंैमा दोषी होइनन् । यो अवस्थाको सिर्जना नेपालको राजनीतिबाट भएको तथ्यलाई कसैले पनि नर्कान सक्दैन । शासकमा देखिएका कमजोरीका कारण यो अवस्था आएको हो भन्ने सन्दर्भलाई सहर्षरूपमा स्वीकार गर्न सकिन्छ । लामो संघर्ष र बलिदानाबाट आएको यो व्यवस्थाप्रति यस्तो असन्तोष किन ? यही तथ्यलाई आजका राजनीतिका पण्डितले खोज्नु आवश्यक देखिएको छ । नेपालको शासकीय पद्धतिले जुन किसिमको परिवर्तन चाहृयो त्यो परिवर्तन नेपालमा नआएको पनि होइन । तर परिवर्तनसित आउने जनताका आकांक्षालाई पूर्ण गर्न नसक्नु नै आजको राजनीतिको मूल अस्वस्थता हो । यसैमा रमेको छ नेपालको राजनीति र त्यसले दिएको जीवनको आधार पनि ।
नेपालका शासक महाभारतकालीन शासक बन्न नसक्लान् ! उनीहरूले नेपाली जनतामा विद्यमान् सबै आकांक्षालाई पूरा गर्न पनि नसक्लान् ! नेपालको राजनीतिका देखिएको भ्रष्यटाचारलाई नियन्त्रण गर्नु सत्य हो । गणतन्त्रका माध्यमबाट ल्याइएका स्थानीयतह भ्रष्टाचारका केन्द्र बने । स्थानीयतहमा राजनीतिक दलसित इमानदार जनशक्ति नभएको हो र ? सबै स्थानीयतह त्यसकिसिमका छैनन् । काम गर्न खोज्नेलाई काम गर्न नदिने स्थानीय निकायका राजनीतिकर्मी पनि यो देशमा देखिए । नेपालको गणतन्त्रमा स्थानीयतह, प्रदेश र संघको लडाइँ सदा रहिरहृयो । कानुनका माध्यमबाट सबैको अधिकार सुनिश्चित गरौं । स्थानीय तह आफ्नो कानुनमा आफूलाई पाओस् ।
प्रदेश सकेसम्म नराखौं । संघले कानुनका माध्यमबाट शासन चलाओस् सनकका भरमा होइन । सनकका भरमा शासन र मन्त्रालय हाँक्न खोज्ने प्रवृत्तिको अन्त्य हुनु आवश्यक छ । धेरै समयदेखि प्रतिपक्ष र सत्तापक्ष बनेका दुई ठूला दल आज सत्ता साझेदार बनेर शासनमा रहेका छन् ।
दुवै दलको शासन व्यवस्थाबाट नेपाली जनताले विदेश जान रोकिने युवा, व्यापारमा प्रगति, शिक्षा, स्वाथ्य, सञ्चार र यातायातमा सहज पहुँच, भ्रष्टाचारमुक्त शासन प्रशासन व्यवस्था, आफन्त होइन यौग्य र क्षमतावान् व्यक्तिको कदर खोजेका छन् । यी सबै पूर्ण गर्न नसके पनि आशाका केही किरण आउनेछन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts