दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्छौँ : ऊर्जामन्त्री खड्का

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको बताउनुभएको छ ।

मन्त्री खड्काले सरकारको सो लक्ष्य प्राप्तिका लागि सहयोग गर्न पनि सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो । सामूदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालले आफ्नो २० औं स्थापना दिवसको अवसर पारेर शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले मुलुकको विद्युत विकासको क्षेत्रमा सरकार निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताउनु भयो ।

मन्त्री खड्काले निजी क्षेत्रको समस्या समाधान हुने गरी आफूले काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । विद्युत विकासलाई आफूले नजिकबाट नियालिरहेकाले काम गर्न सहज हुने उल्लेख गर्दै मन्त्री खड्काले त्यसका लागि साथ दिन पनि निजी क्षेत्रलगायत संवद्ध सबै पक्ष आह्वान गर्नुभयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो‘अब हामी ९८ प्रतिशत विद्युतीकरण गरिसकेका छौं भनेका छौं । अब एक, डेढ वर्ष भित्र, दुई वर्षका लक्ष्य राखेपनि त्यो भन्दा अगाडि नै लक्ष्य प्राप्ति गरी सबैको घरमा विद्युतीकरण गरिसक्छौं भनिसकेपछि अब हामीले त्यही समूहले ज्ञान, सीप हासिल भइसकेको समूहले मुलुकमा कस्तो सहयोग पुर्‍याउन सकिन्छ भनेर खोजी पनि गर्नुपर्दछ । एउटै कुरामा डिपेण्ड भएर बस्नुहुँदैन । समयसँगै हामी परिस्कृत हुनुपर्दछ । यहाँहरुको मुलुकले त्यो अपेक्षा गरेको छ । र गर्नु पनि पर्छ । त्यसो भएको हुनाले यहाँहरुले हिजो पुर्‍याएको योगदानको उच्च कदर गर्दै अब भोलि आउने कुराको नयाँ खोजी, नयाँ खोजका साथ पनि हामीहरुले अगाडि बढ्नुपर्छ । उमेरको हिसावले पनि २०, २५ वर्ष योगदान पु¥याईसकेपछि २५ वर्षको मान्छे ५० को हुनुभयो होला । त्यतिखेर ५० भएको ७५ वर्ष हुनुभयो होला । समय सापेक्ष विषयको खोजी गरौं । त्यसमा सरकार तपाईहरुसँगै छ । म धेरै कुरा गर्न चाहन्न । म धेरै त भन्दिन । यस क्षेत्रको केही विषयवस्तु नजिकबाट जान्दछु । त्यसकारणले मुलुकमा काम गर्न यो मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा अलि बढी सजिलो हुन्छ भन्ने लागेको छ । तर म एक्लैले गर्ने होइन । यो तपाईहरु जस्तो अनुभवी व्यक्तित्वहरु, विज्ञ साथीहरु, कर्मचारीहरुको साथमा नै बसेर लामो अनुभव छ तपाईहरुसँग । त्यो अनुभवहरुलाई एकठाउँमा राखेर मुलुकलाई कस्तो योगदान दिन सकिन्छ ? भन्ने कुरामा चिन्तित भएर काम गर्ने मेरो लक्ष्य छ । इच्छा छ । त्यसमा यहाँहरुको पनि साथसहयोग रहनेछ भन्ने मैले विश्वास लिएको छु । मुलुक हाम्रै हो । यो मुलुकले हामीलाई संरक्षण गर्नुपर्दछ । र मुलुकलाई पर्दा हामीहरुले हिजो गरेजस्तै योगदान र सहयोग पनि गर्नुपर्दछ । यस उद्देश्यका साथ मिलेर काम गरौं । म आग्रह गर्न चाहन्छु । यहाँहरुको समस्याप्रति मन्त्रालयले मसिनो गरेर सुनेर कार्यान्वयनमा लैजाने गरी काम गर्नेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’

त्यस अवसरमा मन्त्री खड्काले सशस्त्र द्वन्द्वकालको कठिन अवस्थामा पनि समुदायमा विद्युतीकरणको काम गरेको भन्दै समुदायमा आधारित विद्युतीकरण सम्बन्धि संघ, संस्थाप्रति आभार समेत व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *