काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । गएराति वीर अस्पतालनमा उपचारको क्रममा उहाँको निधन भएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालका अनुसार नकर्मी लामो समयदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । मिर्गौलामा समस्या आएपछि उहाँ २ साउनमा वीरमा भर्ना हुनुनभएको थियो ।
मेयर नकर्मीले आफ्नो स्वास्थ्यमा निरन्तर समस्या आएपछि १ साउनमा नै सुनिता शाक्यलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिनुभएको थियो ।
ढकालका अनुसार मेयर नकर्मीको निधन भएकाले आज कीर्तिपुर नगरपालिकाभर शोक बिदा दिइएको छ । उहाँनको पार्थिव शरीर बिहान ९ बजे नगरपालिकामा ल्याएर श्रद्धाञ्जली अर्पण गरिने र आजै अन्त्येष्टि गर्ने तयारी भइरहेको परिवार स्रोतले बताएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा