काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तत्कालीन महामन्त्री मुकुल ढकालले पाँच जनालाई अमेरिका पठाउने भन्दै उपसभामुख इन्दिरा रानाले आर्थिक लेनदेन गरेको दाबी गर्नुभएको छ ।
मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत मुकुलले उपसभामुखको सचिवालयले पाँच जनालाई अमेरिका पठाउने भन्दै ९ लाख रुपैयाँ बुझेको दाबी गर्नुभएको हो ।
उहाँले लेख्नुभएको छ्, ‘उपसभामुखलाई सोधखोजपछी पनि म पिडितको सम्पर्कमा आफैँ पुग्न चाहेँ तर सम्पर्कमा आएको पिडितले ती पालिका सभापतिलाई 'तपाईंले कुरा कता कता पुर्याउनु भयो, मेरो पैसा फिर्ता आयो' बताइन् । ९ लाख रूपैयाँ उपसभामुख सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछी पिडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरिन् । पिडितका अनुसार ९ लाख फिर्ता भएको बैङ्क स्टेटमेन्ट अझै पनि पिडितसँग सुरक्षित छ ।’
उपसभामुखले अमेरिकी दुतावासलाई लेखिएको पत्र तीन महिना अगाडि नै आफूलाई प्राप्त भएको उहाँले जानकारी दिनुभएको छ । पत्र प्राप्त हुन साथ छानबिन समेत गरेको मुकुलको दाबी छ ।
उहाँका अनुसार गत वैशाख ४ गते पार्टीका संगठन विभाग प्रमुख शंकर श्रेष्ठले उहाँलाई सो पत्र फरवार्ड गर्नुभएको थियो । यसबारेमा पार्टीका जिम्मेवार नेतालाई जानकारी गराएको र उपसभामुखलाई समेत सोधपुछ गरेको उहाँले सामाजिक सञ्जलमा उल्लेख गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ, ‘वैशाख ४, २०८१ मा पार्टीका संगठन विभाग सचिव शङ्कर श्रेष्ठले उपसभामुखले लेखेको पत्र मलाई वाट्सएप गर्नुहुन्छ । साथै, उहाँले पार्टीका एक जना पालिका सभापतिसँग आफूँले गरेको टेलिफोन संवादको रेकर्ड पनि पठाउनु हुन्छ । टेलिफोन संवाद अनुसार पालिका सभापतिकहाँ पत्रमा उल्लेख गरिएकी एक जना महिला , आफूँलाई पिडित भन्दै उहाँसँग सम्पर्कमा आउनु हुन्छ । पिडितका अनुसार १ वर्ष अगाडी उपसभामुख सचिवालयले अमेरिका पठाइदिने भन्दै उहाँसँग पैसा लिएको थियो ।’
यस्ताे छ मुकुलले लेखेकाे स्टाटस :







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता