काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार साँझ ६ बजे बैठक बोलाइएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।
यो नियमित बैठक भएको सचिवालयले जनाएको छ। हरेक सोमबार र बिहीबार मन्त्रिपरिषदको बैठक बस्ने गरेको छ।
ओली नेतृत्वको सरकार बनेपछि मन्त्रिपरिषद्को तेस्रो बैठक बस्न लागेको हो। बैठकमा मन्त्रालयका नियमित एजेण्डाहरूमाथि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।







