ललितपुर । भुक्तानी सञ्चालक फोनपेले आफ्नो प्रमुख अभियान ‘फोनपे डिरेक्टः पैसा पठाऔँ ठाउँको ठाउँ’ को घोषणा गरेको छ । अभियानले प्रयोगकर्तालाई मोबाइल नम्बर, खाता नम्बर र व्यक्तिगत क्युआरमार्फत् अन्तरबैंक रकम ट्रान्सफर सेवाबारे थप प्रोत्साहन गर्ने लक्ष्य लिएको छ ।
अभियानअन्तर्गत मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त र सुरक्षित हुने र सबै प्रयोगकर्तालाई सजिलो हुने कम्पनीको दाबी छ । भदौ ३१ गतेसम्म सञ्चालन हुने अभियानको अन्त्यमा दुर्ई भाग्यशाली विजेताले आइफोन १५ प्रो उपहार पाउनेछन् ।
उक्त मेगा उपहार जित्न प्रयोगकर्ताहरूले फोनपे डाइरेक्टबाट पैसा पठाउँदा रिमाक्र्स सेक्सनमा विशेष प्रमोकोड फोनपे डाइरेक्ट राख्नुपर्नेछ । अभियान अवधिमा मोबाइल बैंकिङ एप प्रयोग गरेर फोनपे डाइरेक्टमार्फत् कम्तीमा तीनपटक पैसा ट्रान्सफर गर्नुपर्ने कम्पनीले जनाएको छ ।
फोनपेका चिफ इस्ट्राटेजी अफिसर सुबोध शर्माले भन्नुभयो, ‘हामी ‘फोनपे डिरेक्टः पैसा पठाऔँ ठाउँको ठाउँ’ विशेष अभियान पुनः ल्याउन पाउँदा उत्साहित छौँ, यो अभियानले नेपाली उपभोक्ताका लागि डिजिटल कारोबार अझ पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धता दर्शाएको छ र फोनपे डिरेक्टलाई तुरुन्त, सुरक्षित र सुविधाजनक रकम ट्रान्सफरका लागि प्रमुख विकल्पका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । हामीलाई विश्वास छ कि प्रयोगकर्ताहरू हाम्रो सेवाका विशेषताबाट खुसी हुनेछन् ।’







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts