काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले भिसाका लागि अमेरिकी राजदूतावासलाई लेखेको पत्र सम्बन्धि विवाद संसद्मा प्रवेश गरेको छ ।
सोही विषयलाई लिएर आज बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले उपसभामुख रानाको राजीनामा माग गर्नुभएको छ ।
नेता खतिवडाले संसद र उपसभामुख पद भिसा सहजीकरण कन्सल्टेन्सी बन्न नसक्ने भनाइ राख्नुभयो।
उहाँले यसअघि एकजना मन्त्रीले अमेरिका पठाउन भिसाका लागि लेखेको पत्रकै भरमा राजीनामा दिनुपरेको बताउँदै उपसभामुखको पत्रबारे पनि निष्पक्ष छानबिन हुनुपर्ने बताउनु भयो ।
उपसभामुखलाई कुनै पनि विदेशी राष्ट्रबाट निमन्त्रणा आए भिसाका लागि आफ्नै प्रक्रिया रहेको बताउँदै उहाँले कसैले चिन्दैनचिनेका मान्छेको सिफारिस भएको बताउनु भयो ।
'यस्तो बेलामा प्रतिरक्षाको तुरुप देखाएर जग हँसाउनुभन्दा संसद्भन्दा बाहिर बसेर छानविनमा सहयोग गर्नुपर्छ । भिसा सहजीकरणको कन्सल्टेन्सी संसद र उपसभामुखको कार्यालय हुन सक्दैन । यो कन्सल्टेन्सीजस्तो नबनाइयोस् ।’– उहाँले भन्नुभयो ।
उपसभामुख रानाले काठमाडौंस्थित अमेरिकी राजदूतावासलाई आफूले इच्छ्याइएका व्यक्तिको भिसा प्रक्रिया अगाडि सारिदिन भन्दै गरेको पत्राचार गर्नुभएको पत्र केहीदिन अघि बाहिरिएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts