
■राजीव श्रेष्ठ
गुरुलाई परब्रह्म मानेर
वेदको अनुसरण गरेर
जगतकै गुरु वेदव्यासको
सम्मानमा गुरु पूर्णिमा मनाइँदै आइयो
एकलव्यको जमाना रहेन
जहाँ गुरूको आदेशमा
आफ्नै औंला समर्पित गरिन्थ्यो
र गुरुप्रति अपार श्रध्दा अर्पित गरिन्थ्यो
गुगललाई गुरु थाप्ने
अचेलका केटाकेटी
गुरुलाई गोरू ठान्छन्
शिक्षकलाई भक्षक मान्छन्
पवित्र शिक्षालयभित्र
अपवित्र कुकर्म गर्छन्
कलियुगका
कलिला नानीहरु
ज्ञान आर्जन भन्दा बढी
अप्सराको ध्यान भङमा तल्लिन हुन्छन्
गुरुको सम्बोधनमा:
‘हाई सर, बाई सर’
अनि, धेरै नपढाउनु न यार हुन्छ
लथालिंग देशको
भताभुङ चाला भनेझैं
छोराछोरी नपढे
शिक्षक नै पढाउन जानेनन्
भनेर आलोचित हुन्छन्
यहाँ,
गुरुको सम्मान हैन
अपमान हुन्छ
त्यस्तो परिवेशमा,
गुरु पूर्णिमा मनाउनुको
कुनै अर्थ छैन
गुरुवरप्रति बचेको
लेश श्रध्दाप्रतिको भद्दा
हर्कत मात्र हुनेछ
यस्तो नौटंकी उत्सव !!







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता