सियोल । दक्षिण कोरियाको सर्वोच्च अदालतले बिहीबार समलिङ्गी जोडीहरूको नयाँ अधिकारलाई मान्यता दिँदै राज्यले समलिङ्गी दम्पतीहरूलाई स्वास्थ्य बिमा उपलब्ध गराउनुपर्ने ऐतिहासिक फैसला सुनाएको छ ।
सन् २०२१ मा राष्ट्रिय स्वास्थ्य बिमा संस्था (एनएचआईएस) ले समलिङ्गी जोडी भएकै कारण आश्रितको रूपमा आफ्नो जीवनसाथीले प्राप्त गर्ने लाभहरू समाप्त गरेपछि सन् २०१९ मा विवाह गरेर सँगै बस्दै आएका एक समलिङ्गी जोडी सो सेओङ-बुक र किम योङ-मिनले संस्थाविरुद्ध मुद्दा दायर गरेका थिए ।
गत वर्षको सियोल उच्च अदालतले एनएचआईएसलाई उनीहरूको आश्रित लाभहरू पुनर्स्थापित गर्न आदेश दिँदै दम्पतीको पक्षमा फैसला सुनाएको थियो ।
समलिङ्गी विवाहलाई मान्यता नदिएको दक्षिण कोरियामा यो विवाहको कुनै कानुनी वैधता भने छैन । उच्च अदालतको यस फैसलाविरुद्ध एनएचआईएसले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको हो ।
“समलिङ्गी भएकै कारण जोडीहरूलाई बहिष्कार गर्नु यौनिक एवम् लैङ्गिकतामा आधारित भेदभाव हो ‘सर्वोच्च अदालतले फैसला सुनाएको छ । यो एक भेदभावपूर्ण कार्य हो जसले मानव गरिमा र मूल्यमान्यता, खुसीको खोजी गर्ने अधिकार, गोपनीयताको स्वतन्त्रता र समानताको अधिकारको उल्लङ्घन गर्दछ ।’
‘राष्ट्रिय स्वास्थ्य बिमाले समलिङ्गी जोडीहरूका लागि वैवाहिक बिमासम्बन्धी व्यवस्थालाई मान्यता दिनुपर्छ’, सर्वोच्च अदालतले फैसला सुनाएको हो ।
देशको सर्वोच्च अदालतबाट आएको यो फैसलामाथि पुनरावेदन गर्न मिल्दैन । यसको अर्थ समलिङ्गी दम्पतीले अब स्वास्थ्य बिमा गर्दा आफ्नो जीवनसाथीलाई आश्रितको रूपमा दर्ता गर्न सक्नेछन् ।
सर्वोच्च अदालतको फैसला देशको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि एक महत्त्वपूर्ण क्षण हो । सर्वोच्चको उक्त फैसलापश्चात् इन्द्रेणी छाता बोकेका मानिसहरू खुसीका आँसु पुछदै अदालत बाहिर निस्किएका थिए ।
देशले समलिङ्गी विवाहलाई मान्यता दिँदैन तर समलिङ्गी सम्बन्धलाई अपराधीकरण पनि गरेको छैन ।
अधिकारकर्मीहरूले लामो समयदेखि यौनिक एवम् लैङ्गिकता आधारमा हुने भेदभावविरुद्ध कानुन बनाउनुपर्ने कुरामा जोड दिँदै आएका छन् । तर सांसदहरू बिच सहमति हुन नसक्दा दक्षिण कोरियामा हालसम्म भेदभाव विरोधी कानुन बन्न सकेको छैन । रासस/एएफप ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts