काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आमसर्वसाधारणमा वित्तीय सचेतना जगाउने उद्देश्यका साथ चालु आर्थिक वर्ष २०८०/८१ मा सातवटै प्रदेशमा रहेका आफ्ना १३४ शाखाबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । कोशी प्रदेशका २१, मधेश प्रदेशका छ, बागमती प्रदेशका ४७, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका ३०, कर्णाली प्रदेशका नौ तथा सुदूरपश्चिम प्रदेशका आठ शाखामार्फत् विभिन्न उमेर समूहका व्यक्ति, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति र अन्य समूह गरी करिब १० हजारलाई वित्तीय साक्षरता प्रदान गरिएको बैंकले जनाएको छ ।
वित्तीय साक्षरताको अवस्था र डिजिटल बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमका साथै नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबारका क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्नसमेत आग्रह गरिएको बैंकले जनाएको छ । साथै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पनि विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । शाखा कार्यालयमार्फत् बैंकले विभिन्न विद्यालय र संघसंस्थालाई सहयोग प्रदान गरेको हो ।
बैंकको चामे शाखाले चामे मनाङस्थित लोकप्रिय माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार बालबालिकालाई न्यानो स्विटर उपलब्ध गराएको छ भने कोहलपुर शाखाले कौशिल्य अस्पताल कोहलपुरसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकका अनुसार सामान्य चिकित्सा र आँखा जाँच तथा निःशुल्क औषधि वितरण गरिएको सो स्वास्थ्य शिविरबाट करिब सयजना व्यक्तिहरू लाभान्वित भएका छन् । साथै बैंकको धनगढी शाखाले कैलालीको गेटा आँखा अस्पताललाई पाँच थान तीन सिटर बेन्च प्रदान गरेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा