धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा नम्बर ५ स्थित लापाको ठूलो गाउँ फेदीमा रहेको थोवाको ट्रच बृज बाढीले बगाएको छ । अविरल बर्षासंगै आएको बाढीले उक्तट्रच बृज बगाएको हो ।
यस्तै बाढीका कारणले सोही स्थानमा रहेको राको खोलाको काठेपुल समेत बादीले बगाएको स्थानीय मिम्बा तामाङले बताउनुभयो । रुबीभ्यालीका ५ र ६ का झण्डै ५/६ वटा गाउँका स्थानीयहरु आवतजावत गर्ने उक्त पुल बाढीले बगाएपछी स्थानीयहरुलाई निकै समस्या भएको छ ।
त्यसै गरि उक्त पुल हुदै सयौं लापा माध्यमिक विद्यालयमा विद्यार्थीहरु पनि आउने गर्दछन । बर्षातको समय, खोला बढेर अत्यन्तै ठुलो भएको छ र एक मात्रै भएको उक्त मुख्य पुल बाढीले बगाएको हुँदा तत्काल बिकल्पमा अर्को पुल वा अस्थायी पुल हाल्नु पर्ने स्थानीयहरुको माग रहेको छ । रासस






