स्तानबुल । उत्तरी इराक र सिरियामा कुर्दिशस्थान वर्कर्स पार्टी (पीकेके) लडाकुविरुद्ध टर्कीको सेनाको कारबाही अन्त्य भएको घोषणा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गर्नुभएको छ ।
टर्कीले सन् २०२२ को अप्रिलमा उत्तरी इराकसँगको आफ्नो सीमा सुरक्षित गर्न पीकेके लडाकुविरुद्धको लडाई (अपरेसन क्लाउ-लक) सुरु गरेको थियो ।
“हामी चाँडै नै उत्तरी इराकको कारबाहीलाई रोक्नेछौँ”, राष्ट्रपति एदोगानले भन्नुभयो, “कुर्दिश सेना अब हाम्रो सीमाभित्र लड्न असमर्थ भइसकेका छन् ।”
पीकेके इराक र सिरिया दुवैमा ‘पूर्ण रूपमा फसेको’ भन्दै युवा सैन्य स्नातकहरूलाई सम्बोधन गर्दै टर्कीको सेनाले ‘उनीहरूमाथि’ विजय गरेको बताउनुभएको थियो ।
“हामी सिरियासँग जोडिएको हाम्रो दक्षिणी सीमामा रहेका सुरक्षा क्षेत्रका हराएका स्थलहरूको खोज पूरा गर्नेछौँ ।”
अङ्काराले सन् २०१६ देखि उत्तरी सिरियाको सीमा क्षेत्रबाट कुर्दिश सेनालाई देश निकाला गर्न लगातार स्थलगत अभियान सञ्चालन गर्दै आएको छ । रासस/एएफपी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts