काठमाडौं । महालक्ष्मी विकास बैंकले फोनपेसँगको सहकार्यमा नेपाल आएका भारतीय नागरिकलाई क्युआर मर्चेन्टमार्फत् भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता दिएको छ ।
जसअन्तर्गत भारतीय नागरिकले भारतीय भुक्तानी सेवा प्रदायक भिमपे, पेटिएम, गुगलपेलगायतबाट महालक्ष्मीले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्टोरमा तत्काल, सुरक्षित र सुविधाजनक तरिकाले भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
यसअघि पनि बैंक र नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले दुई देशबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।






