लुसाका । जाम्बियामा कोरोना संक्रमितको संख्या बढेको त्यहाँका स्वास्थ्य अधिकारीले बताएका छन् । सोमबार जाम्बियाका स्वास्थ्यमन्त्री सिल्भिया मासेबोले पत्रकार सम्मेलनमा गत मे र जुनको बीचमा करिब तीन हजार ७० नमुना परीक्षणमा दुई दशमलव चार प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । अघिल्लो महिना एक दशमलव पाँच प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मासेबोले भन्नुभयो, ‘देशका १० मध्ये छ प्रान्तमा कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये लुसामा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।’ उहाँका अनुसार यसवर्ष जनवरीदेखि जुनसम्म मुलुकभर चार हजार ७७० कोरोना संक्रमित भेटिएका छन् ।
जाम्बियाले पनि चिसो र सुक्खा अवस्थाका कारण श्वासप्रश्वास र इन्फ्लुएन्जा जस्ता रोगमा वृद्धि भएको उल्लेख गरेको छ । मन्त्रालयले भाइरस र अन्य रोग पत्ता लगाउन सक्रिय रहेको जनाएको छ । रासस/सिन्हृवा ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा