काठमाडौं । नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले माओवादीलाई समेत साथमा लिएर आवश्यकताअनुसार संविधान संशोधन गरिने बताउनु भएको छ ।
सोमबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले कांग्रेस-एमालेको संख्याले मात्रै संविधान संशोधन नहुने भन्दै माओवादीलगायतका दललाई साथमा लिएर अघि बढ्ने बताउनु भयो ।
उहाँले आफूहरू संविधान संशोधन दुईरतिहाई नभई सर्वसम्मत ढंगले गर्ने बाटोमा लाग्ने जिकिर गर्नुभयो।
भट्टराईले संविधान संशोधन गर्न सहज नहुने देखिएकाले कांग्रेस-एमाले एकैठाउँमा आएको र बाँकी सबै दललाई साथमा लिएर राष्ट्रिय सरकार बनाउने बताउनु यभो।
सरकार गुमेका कारण माओवादी अध्यक्ष पुष्पकमल दाहाल आक्रोशित रहेकाले कांग्रेस र एमालेले सम्झाउने काममात्रै गरेको उहाँको भनाइ छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts