✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ असार २४ गते सोमबार, ई.स. २०२४ जुलाई ८, तिथि- आषाढ शुक्लपक्ष तृतीया, नक्षत्र- तिष्य, ६ः२५ बजेपछि अश्लेषा, वज्र- योग, गर- करण, चन्द्रराशि- कर्कट, सूर्योदय- ५ः१६, सूर्यास्त- १९ः०१ ।
मेष : आम्दानी नहुँदा दैनिक खर्चको लागि समस्या हुन सक्छ ।
वृष : परिवारजनमा आत्मीय भाव बढ्नेछ ।
मिथुन : श्रमको उचित मूल्यांकन नहुँदा खिन्नता हुनेछ ।
कर्कट : सन्तान र सहयोगीका माध्यमबाट सुखप्राप्ति हुनेछ ।
सिंह : आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् ।
कन्या : आत्मविश्वास र दृढ संकल्पले लक्ष्यप्राप्ति हुनेछ ।
तुला : रोकिएका काम सम्पादन हुनेछन् र आयआर्जनका स्रोतसमेत बढ्नेछन् ।
वृश्चिक : विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ।
धनु : लामो दूरीको यात्रामा समस्या हुने देखिएको छ ।
मकर : गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ ।
कुम्भ : प्रयत्न गर्दा यात्राको अवसर प्राप्त हुनेछ ।
मीन : प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ ।






