चितवन । नारायणी नदीमा आएको बाढीले देवघाटमा चेतावनी तह नाघेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देवघाट जलसतह मापन केन्द्रमा नारायणीले चेतावनीको तह नाघेको हो ।
यहाँ जलसतह ७.३४ मिटर पुगेको छ । ७.३ मिटरदेखि ९ मिटरसम्मको जलसतहलाई चेतावनीको तह मानिन्छ । ९ मिटर भन्दा माथि पुगे खतराको तह मानिन्छ ।
नारायणी नदीको जलसतह नारायणगढस्थित नारायणी पुलमा चेतावनी तह नजिक पुगेको छ । यहाँको जलसतह १०.५७ मिटर पुगेको छ ।
देशका विभिन्न जिल्लाहरुमा बिहानै देखि परेको भारी वर्षाका कारण नदी तथा खोलाहरुमा ठूलो बाढी आएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा